शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पाकिस्तानी खेलाडीहरूविरुद्ध बीसीसीआईको उजुरी

बिहीबार, ०९ असोज २०८२, १० : १२
बिहीबार, ०९ असोज २०८२

सारांश

  • बीसीसीआईले पाकिस्तानी खेलाडी हारिस रउफ र शाहिबजादा फरहानविरुद्ध आईसीसीमा उजुरी दर्ता गरेको छ।
  • एसिया कप २०२५ मा भारतविरुद्धको खेलमा दुवै खेलाडीले खराब व्यवहार गरेको आरोप छ।
  • फरहानले बन्दुक ताकेको सेलिब्रेशन र रउफले खेलाडीलाई धक्का दिएको आरोप लागेको छ।

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले  हारिस रउफ र शाहिबजादा फरहानविरुद्ध आईसीसीमा उजुरी दर्ता गरेको छ । 

एसिया कप २०२५ को सुपर ४ मा भारत विरुद्धको खेलमा पाकिस्तानी खेलाडीहरूले अत्यन्तै निम्न स्तरको हर्कत गरेको बीसीसीआईको आरोप रहेको छ । 

यस विषयमा भारतीय बीसीसीआई एक्सन मोडमा आएको हो ।  शाहिबजादा फरहानले पाकिस्तान र भारतविरुद्धको सुपर चारको खेलमा बन्दुक ताकेको सेलिब्रेसन गरेका थिए । त्यस्तै हारिस रउफले बलिङको क्रममा अभिषेक शर्मालाई धक्का दिएका थिए । 

बोर्डले म्याच रेफरी एन्डी पाइक्रफ्टसँग दुवै जना विरुद्ध अभद्र व्यवहार गरेकोमा कडा कारबाहीको माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप