शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इन्तु, किन्तु र परन्तु नभनी निर्वाचनमा सहभागी हुनुपर्छ : रास्वपा

बिहीबार, ०९ असोज २०८२, १२ : २६
बिहीबार, ०९ असोज २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी विद्रोहका कारण निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएको छ।
  • सहमहामन्त्री विपिनकुमार आचार्यले जेनजी विद्रोहको म्यान्डेटलाई आत्मसात् गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए।
  • रास्वपाले फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरेको र वाचापत्र तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी विद्रोहका कारण २०७९ को सम्पूर्ण निर्वाचन वैधता समाप्त भएकाले निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएको छ ।

असोज ७–८ सम्म केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जेनजी विद्रोहको म्यान्डेटलाई आत्मसात् गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

‘भदौ २३ र २४ गते जेनजी विद्रोहले पछिल्लो २०७९ को निर्वाचनको सम्पूर्ण वैधतालाई खारेज गरेको छ र देशलाई फ्रेस म्यान्डेट लिनेतर्फ डोराएको छ । त्यसैले इन्तु, किन्तु र परन्तु नभनी निर्वाचनमा सहभागी हुनुपर्छ’, प्रतिवेदनमा लेखिएको छ ।

आचार्यले मत पत्रको आधारमा नभई सडक प्रदर्शनको म्यान्डेट मार्फत बनेको वर्तमान सरकारले तोकिएकै मितिमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन गर्ने कुरामा प्रस्ट हुनुपर्नेमा जोड दिएका छन् ।

जेनजी विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने निर्णय गरेको थियो ।

के छ आचार्यले पेस गरेको प्रतिवेदनमा ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप