वेस्ट इन्डिजविरुद्ध टेस्ट सिरिज खेल्ने भारतीय टोली घोषणा
काठमाडौँ । वेस्ट इन्डिजविरुद्ध दुई टेस्टको सिरिजका लागि भारतीय टोली घोषणा भएको छ ।
भारतले बिहीबार शुभमन गिको कप्तानीमा टोली घोषणा गरेको हो । भारतमा हुने सिरिजका लागि रवीन्द्र जडेजालाई उपकप्तानको जिम्मेवारी दिइएको छ । नियमित उपकप्तान ऋषभ पन्त खुट्टाको चोटका कारण बाहिर रहेपछि जाडेजाले उक्त भूमिका निभाउने भएका हुन् ।
भारतको अघिल्लो टेस्ट सिरिजमा रहेका अभिमन्यु ईश्वरनले पनि स्थान बनाउन असफल भए । देवदत्त पाडिकल टोलीमा फर्किएका छन् । सिरिजको पहिलो टेस्ट अक्टोबर २ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।
भारतले अहिले टी–ट्वान्टी एसिया कप खेलिरहेको छ ।
भारतको टोली
शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पाडिकल, ध्रुव जुरेल (विकेटकिपर), रवीन्द्र जाडेजा (उपकप्तान), वाशिंगटन सुन्दर, जसप्रित बुमराह, अक्षर पटेल, नितिशकुमार रेड्डी, एन. जगदीशन (विकेटकिपर), मोहम्मद सिराज, कुलदीप यादव र प्रसिद्ध कृष्णा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोका प्रशिक्षकलाई पितृशोक, खेल अवधिभर सुनाइएन मृत्युको खबर
-
लगातार तेस्रो दिन पनि घट्यो तेलको मूल्य
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण