मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन : टोली नेताहरूले धारणा राख्दै

शुक्रबार, १० असोज २०८२, १२ : २४
शुक्रबार, १० असोज २०८२

सारांश

  • माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन, कमलादीमा सुरु भयो।
  • बैठकमा राजनीतिक र संगठनात्मक प्रस्तावमाथि विभिन्न नेताहरूले धारणा राखे।
  • अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्ने प्रस्ताव राखे।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न टोलीका नेताहरूले धारणा राख्ने क्रम जारी रहेको माओवादीले जनाएको छ ।

बिहीबार अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी आफ्नै नेतृत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप