भारतीय सेनाले गर्यो रुसमा बनेको मिग–२१ लडाकु विमान निष्क्रिय
शुक्रबार, १० असोज २०८२, १६ : २३
सारांश
- रुसबाट खरिद गरिएका मिग-२१ लडाकु विमानहरूलाई भारतीय वायुसेनाबाट निष्क्रिय पारिएको छ।
- चण्डीगढमा आयोजित बिदाइ समारोहमा पाइलटहरूले अन्तिम पटक विमान उडाए।
- रक्षामन्त्री राजनाथ सिंहले मिग-२१ लाई भारत-रुस सम्बन्धको प्रमाण भने।
नयाँ दिल्ली । रुसबाट खरिद गरेर दशकौँसम्म भारतीय वायुसेनाका अग्रपङ्क्तिमा रक्षाको रूपमा सेवा गरिरहेका मिग–२१ लडाकु विमानहरूलाई आज निष्क्रिय पारेको छ । बिदाइ समारोह सोमबार चण्डीगढमा आयोजना भइरहेको छ ।
यस कार्यक्रममा वायुसेनाका पाइलटहरूले अन्तिम पटक यी विमानहरू उडाउनेछन् । ‘मिग–२१ केवल एउटा विमान मात्र होइन, भारत–रुस सम्बन्धको प्रमाण पनि हो’ समारोहमा उपस्थित रक्षामन्त्री राजनाथ सिंहले भने ।
मिग–२१ लाई अपरेशनल जर्नीबाट बिदाइ गर्दा एउटा अध्याय बन्द गरिने पनि उनले बताए । यो विमान भारतीय वायुसेनाका इतिहासमा मात्र नभएर भारतको सैन्य उड्डयनको इतिहासमा सुनौलो अक्षरमा लेखिने उनको भनाइ थियो ।
मिग–२१ लाई १९६३ मा भारतीय वायुसेनामा समावेश गरिएको थियो । ६३ वर्षसम्मको सेवा पछि शुक्रबार यसलाई निष्क्रिय पार्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण