‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक
काठमाडौँ । दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तलीमाई’ शुक्रबार सार्वजनिक गरिएको छ ।
समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको सङ्गीत, कुशल सिंहको एरेन्ज छ ।
गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउत लगायत देखिएका छन् ।विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा कृष्ण बहादुर थापाको छायाङ्कन र नहकुल खड्काको सम्पादन छ ।
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।
वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी,मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण