ड्रोनबाट यस्तो देखियो कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाट पुल (तस्बिरहरू)
सारांश
- कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलाली र बर्दियालाई जोड्छ।
- पुल निर्माण भएपछि लाखौं नागरिकको आवागमन सहज भएको थियो, तर अहिले पुल जोखिममा छ।
- नदी कटान रोक्न तटबन्ध गरिए पनि जोखिम कायमै रहेको छ, स्थानीयहरू पुलको संरक्षणको माग गर्दैछन्।
काठमाडौँ । कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ । हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् ।
झन्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमनमा सहजता आएको छ । तर पछिल्ला केही वर्षयता नदीले पूर्वी क्षेत्रमा तीव्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ ।
_XhHRLL5SME.jpg)
कटान कम गर्न ठुला डुङ्गाबाट तटबन्ध गरिए पनि जोखिम हट्न सकेको छैन । स्थानीयका अनुसार पुल निर्माण भएको एक वर्षपछि नै तारजाली भासिन सुरु भएको थियो । पुल निर्माणका क्रममा बनाएको डाइभर्सनसँगै नदीले धार परिवर्तन गर्न थालेको जानकारहरू बताउँछन् ।
_R5rdcNGYSl.jpg)
स्थानीले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु सफा गर्नु पर्ने बताउँदै आएका छन् । शब्द/तस्बिर प्रकाशचन्द्र तिमिल्सेना (फोटो लाइब्रेरी)
_mkyRZlyHnG.jpg)
_XntTwtFXzp.jpg)
_xmVheSG1kN.jpg)
_6xRMjF8Xxg.jpg)
_3ULtXL3peG.jpg)
_fF7L8Hhp3P.jpg)
_bNXC1IYWrd.jpg)
_hKkpdc2A2F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण