बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते
बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको सुपप्र ०२ ००१ ज ६२० नम्बरको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
घाइते हुनेमा सबै बैतडीको पुर्चौंडी नगरपालिकाभित्रका रहेका छन् ।
प्रहरी निरीक्षक बडूका अनुसार पुर्चौडी–५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, पाँच वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चौंडी–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, पाँच वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।
१८ यात्रु सवार भ्यानका अन्य आठजनाबाहेक अन्यलाई बढी चोट लागेको छ । दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण