एलजीको डुएल फ्रिज रेफ्रिजेरेटर नेपाली बजारमा
काठमाडौ. । एल.जीले डुएल फ्रिज टेक्नोलोजि भएको रेफ्रिजेरेटर नेपालमा भित्र्याएको छ । यस डुएल फ्रिज टेक्नोलोजिले फ्रिजर लाई ६८ मिनेटमा फ्रिजमा बदलिदिन्छ ।
यसभित्र भएको एउटा बटमलाई थिचेर फ्रिजको क्षमतालाई १.४ गुणा सम्म बढाउन सकिन्छ, जुन ३३१ लिटर क्षमता भएको फ्रिजलाई ४५८ लि. सम्म बनाउन सकिन्छ ।
जसले ग्राहकहरुलाई आवश्यकता अनुसार आफ्नो खाना तल तथा माथिको भागमा राख्न सक्नुको साथै ठूलो रेफ्रिजेरेटर किन्दा लाग्ने मूल्यको बचत गर्न सकिने एल.जी.ले जनाएको छ ।
एल.जीले यस डुएल फ्रिज लाई उपभोक्ता केन्द्रित डिजाईन गरि बजारमा ल्याएको छ, जसले गर्दा प्रयोगकर्ताहरुको दैनिक समस्याहरुलाई समाधान गर्न मद्दत पुर्याउने विश्वास कम्पनीको छ ।
यस रेफ्रिजेरेटरमा इन्भटर लिनिएर कम्प्रेसर रहेको छ । जसले खानालाई १४ दिन सम्म ताजा राख्दछ, साथै यसमा डोर कुलिङ विशेषता पनि रहेको छ, जसले ३५ प्रतिशत सम्म चाडो चिसो पार्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण