देउवाबारे प्रवक्ता महत : साङ्घातिक हमला हुने देख्दादेख्दै त घर नछोडेको व्यक्ति देश छोडेर कहाँ भाग्छ ?
सारांश
- कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे।
- उनले पार्टी नेतृत्व परिवर्तनको विषय केन्द्रीय समितिबाट टुंगो लाग्ने बताए, जसले कार्यकर्तामा उत्साह थप्नेछ।
- महतले शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि लडेको र देश छोड्ने नेता नभएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन् ।
आज पत्रकार भेटघाटका क्रममा बोल्दै उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठ्दा कार्यकर्ताहरूमा अन्यौलता सिर्जना भएकोले केन्द्रीय समितिबाटै निचोड निस्किने स्पष्ट पारे। केन्द्रीय समितिको बैठकले सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पङ्क्तिमा उत्साह भर्ने काम गर्ने उनले जिकिर गरे ।
अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनले देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए । पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले देउवा साङ्घातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताए । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको उनले बताए ।
पुराना नेताहरूलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने अधिकार कसैलाई नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण