कराते टोली मलेसिया जाने
आइतबार, १२ असोज २०८२, १५ : ०३
काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज एमा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।
मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढा मगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्ने छिन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोका प्रशिक्षकलाई पितृशोक, खेल अवधिभर सुनाइएन मृत्युको खबर
-
लगातार तेस्रो दिन पनि घट्यो तेलको मूल्य
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण