असारे विकासले अनिन्द्रामा एलडिओ, जनता जागै
किर्ते गरेको भन्दै स्थानीयले कर्मचारी नियन्त्रण गरेपछि खैलाबैला
गुल्मी– रकम भुक्तानी दिने व्यस्ततामा राती एक वजेपछि मात्र सुतेको भन्दै शुक्रबार दिउँसो आँखा मिच्दै र हाई काट्दै थिइन्, गुल्मीकी एलडियो कल्पना श्रेष्ठ । उनलाई कसैले सोधेको जवाफ दिने फुर्सद थिएन । सधैं आफ्नो कार्यकक्षमा रहेर काम गर्ने एलडियो श्रेष्ठ आज भने योजना फाँटमा बसेरै भ्याई नभ्याई काम गर्दै थिएन् । त्यही बेला आँपचौर स्थित महिला सामुदायिक भवनको फुच्यौट गर्ने एक महिला आइन् । उनीतिर फर्केर श्रेष्ठले भनिन्– ‘म असारको पहिलो साता जाँदा काम नै सुरु भएको थिएन कसरी काम सकियो भनेर आउँदै हुनुहुन्छ तपाई ?’
अर्को हुँदै नभएको काम कसरी सकियो भन्ने मुल्याङन गरेर रकम निकासी दिइयो भन्ने विवाद लिएर एक जना व्यक्ति आए । विगतको भन्दा यसपालीको असारे विकासमा काम कम रकम भुक्तानी बढि भएको अधिकांशले बताएका छन् । ठुला विकास योजना पुरै आफुले हेरेरै भुक्तानी दिएका तर साना विकास योजनाहरु प्राविधिकहरुको सिफारिसको विश्वासमा पास गरेको स्वयम उनले स्वीकार गरिन् ।
स्थानीयको नियन्त्रणमा प्राविधिक
सांसद विकास कोष लगायत यहाँका साना विकास योजनाहरु बढि मात्रामा कागजमा मात्रै सम्पन्न भएका छन् । साविकको दर्लामचौर गाविसको वेसारे सिंचाई योजनाको भर्खर वालुवा र केहि छड् मात्रै खसालिएको ठाउँमा २ लाख ८७ हजार ३ सय ६४ रुपैयाँको काम भएको भन्दै जिल्ला विकास समितिलाई रकम भुक्तानीको सिफारिस पठाउने जिल्ला प्राविधिक कार्यालयका एक प्राविधिकलाई स्थानीयले नियन्त्रणमा लिएर केरकार गरेका छन् ।
स्थानीय तहमा पुगेर तस्विरसहित सो कार्यालयमा पेश गरेपछि प्राविधिक कार्यालय र जिल्ला समन्वय समितिमा केहिवेर खैलाबैला मच्चिएको थियो ।
एउटै योजनामा दुई शीर्षकबाट रकम निकासा
साना योजानाहरु एउटै सडकमा दुई वटा नामकरण गरेर काम नर्दै रकम निकासी गरेको खुल्न आएको छ । सदरमुकाम तम्घासका होटलका बन्द कोठा भित्र वसेर एका दुई जनालो कामगजमा किर्ते दस्खत गरेर वृहत उपभोक्ता भेला बसाल्ने र रकम निकाल्ने तर गाउँका अरु जनतालाई सुईको नपाउने विगतको परम्परा यसपाली पनि दोहरिएको छ ।
साविकको अमरपुर ३ र ४ को गहतेरा वस्नौटा चोरकाटे मोटरबाटाको काम नहुँदै पैसा निकासी भएको स्थानीयले बताएका छन् । साविकको त्यही गाविसमा सिंचाई योजना भन्दै करिव डेढ लाख सिमिति केहि कार्यकर्ताहरुको भरणपोषण भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण