वीरगञ्ज सीमामा उच्च सुरक्षा सतर्कता, लागुऔषधसहित दुई पक्राउ
वीरगञ्ज । नेपाल–भारत सीमा जोडिएको वीरगञ्जमा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत वीरगञ्ज–रक्सौलसहित आसपासका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।
यस विशेष योजनाअन्तर्गत, सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले भारतीय सीमासँग जोडिएका नाका र अन्य संवेदनशील ठाउँहरूमा 'डग स्निफिङ' (कुकुरमार्फत सुँघाएर जाँच गर्ने) सहितको टोली खटाइएको जानकारी दिएका छन् ।
अवैध गतिविधि रोकथाम प्रमुख लक्ष्य
घटस्थापनादेखि छठ पर्वसम्मका लागि पर्साका सीमा नाकाहरूमा आवश्यकताअनुसार प्रहरीसँगै कुकुरसहितको टोली खटाइएको छ । पर्वको बेला हुने अत्यधिक मानवीय भीडभाडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधिहरूको रोकथाम गर्न यो कदम चालिएको प्रहरीले जनाएको छ ।
खासगरी सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा हातहतियारसहितका अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न तालिम प्राप्त कुकुरहरू परिचालन गरिएको प्रहरी प्रमुख पाठकले बताए । चाँडपर्वको बेला छिमेकी मुलुकबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने जोखिमलाई निस्तेज पार्न जाँचलाई कडा बनाइएको उनको भनाइ छ ।
'डग स्निफिङ’ को मद्दतले लागुऔषध फेला
सुरक्षा योजना अन्तर्गत खटिएको तालिम प्राप्त कुकुरको सहयोगमा हालै लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको २ ग्रामभन्दा बढी ब्राउनसुगरसहित सोमबार राति उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
_0k1UrrTugN.jpg)
पक्राउ पर्नेहरूमा झापाका घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं ८ बस्ने कैलाश कार्की र वीरगञ्ज महानगरपालिका वडा नं। १० निवासी राहुल सर्राफ रहेका छन् । पक्राउ परेका दुवैजनालाई बरामद लागुऔषधसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सीमामा 'डग स्निफिङ' किन ?
अपराधिक मनोवृत्तिका मानिसहरूले अवैध गतिविधि सञ्चालन गर्न निरन्तर नयाँ तरिकाहरू अपनाइरहेका हुन्छन्, जसलाई परम्परागत जाँच विधिले मात्र नियन्त्रण गर्न पर्याप्त हुँदैन ।
प्रहरी प्रमुख पाठकका अनुसार, तालिम प्राप्त कुकुरहरूले प्राविधिक उपकरणले समेत पत्ता लगाउन नसक्ने वा गाह्रो हुने गरी लुकाइएका लागुऔषध, विस्फोटक पदार्थ, हतियार वा अन्य प्रतिबन्धित सामग्रीहरूलाई आफ्नो गन्धको माध्यमबाट सजिलै र सटीक पहिचान गर्न सक्छन् ।
यसका अतिरिक्त, तालिम प्राप्त कुकुर देख्दा नै अवैध सामान बोक्नेहरू डराउने र सचेत हुने अवस्था सिर्जना भई अपराध रोकथाममा सहयोग पुग्दछ । सीमा नाका जस्तो संवेदनशील क्षेत्रमा ‘डग स्निफिङ’ टोली परिचालन गरिनुको मुख्य कारण यही रहेको पर्सा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण