प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् ।
त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । उनी समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत हुन् । नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् ।
तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण