‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु
मङ्गलबार, १४ असोज २०८२, १० : ०५
सारांश
- झापामा राँगा काट्ने क्रममा 'ग्रेण्डर मेसिन'ले खुट्टा काट्दा एक व्यक्तिको मृत्यु भयो।
- मृत्यु हुनेमा भद्रपुरका ३५ वर्षीय रमेश परियार रहेका छन्, जो राँगा काट्ने तयारीमा थिए।
- घाइते परियारको उपचारको क्रममा बिएण्डसी मेडिकल कलेजमा अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो।
झापा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएङ्का थिए ।
घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
-
हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण