दीपिका पादुकोण र फराह खानबिच खटपट ?
सारांश
- फिल्म निर्देशक फराह खान र अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका छन्।
- फराह खानले दीपिकाको पछिल्लो काम र ८ घण्टे सुटिङको बारेमा टिप्पणी गरेपछि विवाद सुरु भएको हो।
- दीपिकाले फिल्म 'स्पिरिट' बाट बाहिरिनुको कारण ८ घण्टे सिफ्ट र अन्य शर्तहरू भएको बताइएको छ।
मुम्बई । फिल्म निर्देशक तथा कोरियोग्राफर फराह खान र अभिनेत्री दीपिका पादुकोणले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्, जसले उनीहरूको सम्बन्धमा खटपट आएको अनुमान गरिएको छ।
यो विवाद फराह खानले हालै आफ्नो एक भ्लगमा दिएको अभिव्यक्तिका कारण सुरु भएको मानिन्छ। अभिनेत्री राधिका मदानसँगको कुराकानीमा फराहले राधिकालाई उनको पहिलो अडिसनको अनुभव सोध्दै ‘तपाईँको सिफ्ट ८ घण्टाको थिएन होला नि?’ भनेर व्यङ्ग्य गरेकी थिइन्।
जवाफमा राधिकाले ४८ देखि ५६ घण्टासम्म नरोकिई काम गरेको बताएपछि फराहले ‘यसरी नै तपेर मात्र सुन बन्छ’ भनेकी थिइन्।
यति मात्र होइन, अर्को भ्लगमा उनका कुक दिलीपले दीपिका शोमा कहिले आउँछिन् भनेर सोध्दा फराहले जवाफ दिएकी थिइन्, ‘उनी अब मात्रै ८ घण्टा सुटिङ गर्छिन् र उनीसँग भ्लगमा आउने समय छैन।’
फेरि सोध्दा फराहले भनिन्, ‘जुन दिन तँ गाउँ जान्छस् नि, त्यो दिन आउँछिन्। दीपिका पादुकोण अब ८ घण्टा मात्र शूट गर्छिन्, उनीसँग शोमा आउने समय छैन।’
दीपिका पादुकोणले सन् २००७ मा फराह खान निर्देशित फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्, जुन सुपरहिट भएको थियो।
फराहको यो कटाक्ष दीपिकाको पछिल्लो डिमान्डसँग सम्बन्धित रहेको बुझिएको छ। हालै सन्दीप रेड्डी वाङ्गाको फिल्म ‘स्पिरिट’ बाट दीपिका बाहिरिएकी थिइन्। मिडिया रिपोर्टका अनुसार दीपिकाले उक्त फिल्मका लागि ८ घण्टाको सिफ्ट, मोटो शुल्क, नाफामा हिस्सा र तेलुगुमा डाइलग नबोल्ने जस्ता शर्त राखेकी थिइन्।
सन् २०२४ को सेप्टेम्बरमा आमा बनेकाले उनी कथित रूपमा हप्तामा ५ दिन मात्रै ८ घण्टाको सिफ्ट चाहन्थिन्। दीपिकाका यी मागहरूमा सन्दीप खुसी नभएपछि उनलाई फिल्मबाट हटाइएको थियो।
फराहको यसै ‘८ घण्टे सिफ्ट’ बारे टिप्पणीलाई दीपिकाले व्यक्तिगत रूपमा लिएको र त्यसपछि उनीहरूले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेको मानिएको छ। यद्यपि, दुवै पक्षबाट यस विषयमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण