'प्रचण्डको संविधान २०७२'ले अन्ततोगत्वा नेपाललाई अस्तित्वको सङ्कटमा पुर्याउनेछ : रवीन्द्र मिश्र
सारांश
- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने चर्चालाई लिएर 'पृथ्वीपथ' अँगाल्न सुझाव दिएका छन्।
- मिश्रले 'प्रचण्डपथ' अँगाल्नु आफ्नो जीवनकै ठूलो भूल भएको बताए, र यसले नेपाललाई संकटमा पार्ने चेतावनी दिए।
- उनले नयाँ पार्टीहरूलाई सुरुमै 'पृथ्वीपथ' रोज्न र 'प्रचण्डपथ' बाट टाढा रहन आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जेन्जी आन्दोलनपछि नयाँ नयाँ पार्टी खुल्ने चर्चा भइरहेको भन्दै उनीहरूलाई 'पृथ्वीपथ' अङ्गाल्न सुझाव दिएका छन् ।
उनले भनेका छन्– '२०७४ सालमा 'प्रचण्डको संविधान २०७२' को वैचारिकतालाई आत्मसात् गर्दै 'प्रचण्ड पथगामी' पार्टी सुरु गरेर मैले जिन्दगीकै सबैभन्दा ठुलो भूल गरेँ कि जस्तो लाग्छ। यद्यपि त्यतिबेलाको धरातलीय यथार्थ फरक थियो। तर गलत बाटोमा छु भन्ने अनुभूति भएपछि ५ वर्षपछि गाली र घृणाको वर्षामा रुझ्दै मार्ग परिवर्तन गरेँ।'
उनले थप भनेका छन्–'नयाँ खुल्ने पार्टीले शुरूमैँ 'पृथ्वीपथ'लाई अङ्गीकार नगरेर 'प्रचण्डपथ' लाई नै अँगाल्यो भने त्यो जेन्जी लगायत भावी पुस्ताका लागि महा-दुर्भाग्यपूर्ण हुनेछ। जसले जति नै बचाऊ र व्याख्या गरे पनि 'प्रचण्डको संविधान २०७२' ले अन्ततोगत्वा नेपाललाई अस्तित्वको सङ्कटमा पुर्याउने छ। त्यसले सृजना गर्ने अशान्ति र अस्थिरता नेपालीका लागि मात्र होइन, छिमेकी, खासगरी भारत, का लागि पनि सुखद रहने छैन। '
देशका लागि 'प्रचण्डपथ' राम्रो कि 'पृथ्वीपथ', आफैँ छुट्ट्याउन पनि उनले सुझाव दिएका छन् ।
उनले भनेका छन्– 'यस पटक दशैँमा आमाको आशीर्वाद लिँदै गर्दा मैले मनमनै आशीर्वाद मागेस् फेरि 'प्रचण्डपथ' मैँ पार्टी खोल्ने बुद्धि कसैलाई नआओस्। 'प्रचण्डपथगामी'हरूलाई पनि 'पृथ्वीपथ'मा फर्किने चेतना मिलोस्!'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण