रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु
शनिबार, १८ असोज २०८२, १९ : ३४
सारांश
- रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई किशोरको निधन भयो।
- शनिबार साँझ चट्याङ लाग्दा हंथियाहिका १६ वर्षीय सेराज लहेरी र नवीन यादवको मृत्यु भयो।
- प्रहरीले घटनाको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाएको छ, थप अनुसन्धान जारी छ।
रौतहट। रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको निधन भएको छ।
अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २, हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले मृत्युको पुष्टि गरेका छन्। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलका अनुसार, मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण