ललितपुरको टाकुचेमा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध
शनिबार, १८ असोज २०८२, २० : ४५
सारांश
- ललितपुरको बागमती गाउँपालिकामा पहिरो जाँदा हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
- अविरल वर्षाका कारण उपत्यका बाहिर जाने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
- मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिनसम्म लगातार वर्षा हुने सम्भावना छ।
काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ टाकुचेमा पहिरो खसेको छ । पहिरोका कारण हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण देखिएको सम्भाव्य जोखिम न्यूनिकरण गर्न उपत्यका बाहिर जाने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अझै दुई दिन लगातार वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण