अपडेट
सप्तकोसी ब्यारेजको ५६ वटै ढोका खोलियो
आइतबार, १९ असोज २०८२, १० : ३६
सारांश
- सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ किनभने पानीको बहाव उच्च भएको छ।
- आइतबार बिहान कोशीमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुग्यो।
- पहिले भदौ १७ गते कोशी ब्यारेजका ३८ ढोका खोलिएको थियो, र अहिले फेरि पानीको बहाव बढेको छ।
काठमाडौँ । पानीको बहाव उच्च भएसँगै सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जानकारी दिए ।
आजै बिहान पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो ।
यसअघि गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।
यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको हो ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण