साँगाको पहिरो हटाइयो
आइतबार, १९ असोज २०८२, १२ : ०८
सारांश
- शनिबार साँगाको झोलुङ्गे पुल नजिकै पहिरो खसेपछि आवागमन बन्द गरिएको थियो।
- अहिले साँगा हुँदै धुलिखेल र पाँचखालतर्फ साना सवारी साधनलाई पठाउन थालिएको छ।
- बीपी राजमार्ग भने पूर्ण रूपमा बन्द रहेको छ, तर काठमाडौं उपत्यकामा आइतबारबाट वर्षा रोकिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका मध्येको साँगामा खसेको पहिरो हटाइएको छ । शनिबार अविरल वर्षासँगै भक्तपुरस्थित साँगाको झोलुङ्गे पुल नजिकै पहिरो खसेपछि सो नाकाबाट आवागमन बन्द गरिएको थियो ।
साँगा हुँदै धुलिखेल र पाँचखालतर्फ जाने साना सवारी साधनलाई पठाउन थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले रातोपाटीलाई बताए । धुलिखेलबाट पूर्वतर्फ जाने बीपी राजमार्ग पूर्ण रूपमा बन्द छ ।
१७ गते रातिदेखि परेको अविरल वर्षा काठमाडौँ उपत्यकामा आइतबारबाट रोकिएको छ । कोशी प्रदेशमा भने अझै पानी परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण