सिराहा अपडेटः सहजा खोलाको बाढीले सडक प्रभावित
सारांश
- लगातारको वर्षाले सिराहा जिल्लाका विभिन्न स्थानमा असर पारेको छ।
- हुलाकी सडक अन्तर्गत सहजा खोलामा बाढी पसेपछि सवारी साधन डाइभर्ट गरिएको छ।
- प्रहरीले सावधानीका उपाय अपनाएको र कमला नदी किनारमा टोलीले अनुगमन गरेको छ।
सिराहा । निरन्तरको वर्षाले सिराहा जिल्लाका विभिन्न स्थान प्रभावित भएका छन् । हुलाकी सडक अन्तर्गत सहजा खोलामा बाढी पसेपछि सवारीसाधनहरूलाई औरही र बरियारपटी चौकबाट डाइभर्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी अन्नतराम शर्माका अनुसार हालसम्म वर्षाका कारण ठूलो जनधनको क्षति भने भएको छैन । ‘सावधानीका उपायहरू अपनाइएकाले जोखिम घटाउन सहयोग भएको छ,’ उनले भने ।
बाढीले असर पारेका क्षेत्रमा प्रहरी टोली थरिथरि स्थानमा परिचालन गरिएको छ । त्यस्तै, कमला नदी किनारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले अनुगमन र निरीक्षण गरेको छ । कटान भएका स्थानहरूमा बोरा र बालुवाको सहायताले अस्थायी बाँध निर्माण गरी नदी नियन्त्रणको प्रयास जारी छ ।
एसपी शर्माले सम्पूर्ण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण