जलेश्वरमा तीन दिनदेखि विद्युत् सेवा ठप्प, सरकारी कार्यालय जलमग्न
सारांश
- अविरल वर्षाका कारण महोत्तरीको जलेश्वर जलमग्न भएको छ, जसले जनजीवन अस्तव्यस्त बनाएको छ।
- बाढीले सरकारी कार्यालय, अस्पताल र विद्युत् सबस्टेशन डुबानमा परेका छन्, जसले सेवा अवरुद्ध पारेको छ।
- तत्काल तटबन्ध मर्मत, सडक सञ्चालन, विद्युत् सेवा सुचारु र राहत वितरणका लागि स्थानीय प्रशासन र प्रदेश सरकारलाई माग गरिएको छ।
महोत्तरी । तीन दिन अघिको अविरल वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर पूर्ण रूपमा जलमग्न बनेको छ । बाढीको कारण जनजीवन अस्तव्यस्त बनेको छ भने सरकारी तथा सार्वजनिक कार्यालयहरूमा पानी पसेर सेवा ठप्प भएको छ ।
बाढीले जलेश्वर नगरपालिका कार्यालय, प्रादेशिक अस्पताल, नेपाल विद्युत् प्राधिकरण शाखा तथा सबस्टेशन, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायतका प्रमुख कार्यालयहरू डुबानमा परेका छन् ।
विद्युत् सबस्टेशनमा पानी पसेपछि तीन दिनदेखि जलेश्वर अन्धकारमा डुबेको छ । स्थानीय दीपेन्द्र चौधरीका अनुसार शनिबार दिनभर विद्युत् सेवा बन्द भएको थियो भने आइतबार केही घण्टाका लागि मात्र सेवा सुचारु भएको थियो । पुनः सबस्टेशनमा बाढी पसेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
वर्षाले जिल्लाभरका साना–ठुला नदीहरूको जलस्तर अचानक बढ्दा विभिन्न स्थानका तटबन्ध भत्किएका छन् । रतवारास्थित रातु नदीको तटबन्ध करिब २० मिटरको हाराहारीमा भत्किएपछि बाढीको पानी सदरमुकाममा पसेको हो । त्यस्तै, जलेश्वर नगरपालिका–३ को धवौली, एकडारा र बलवा क्षेत्रमा करिब ३५ मिटर तटबन्ध कटान भएको छ ।
बाढीले महादेव मन्दिर क्षेत्र, अस्पताल चोक, जिरोमाइल चोक, बसस्टेण्ड चोकलगायतका बस्तीहरू डुबानमा परेका छन् ।
मुख्य सडकहरू पनि पूर्ण रूपमा अवरुद्ध छन् । जलेश्वर–बर्दिबास, जलेश्वर–जनकपुर र जलेश्वर–मटिहानी सडक मार्गमा यातायात सेवा रोकिएको छ । मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, सुगा गाउँ नजिक लचकामा दुई फिटभन्दा बढी पानी बगिरहेको छ, जसका कारण पैदल हिँड्नसमेत कठिन भएको छ ।
नगरप्रमुख मण्डलले अहिले पानी बिस्तारै घट्दै गएको र यातायात सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए । स्थानीयका अनुसार राहत र उद्धार कार्य अझै प्रभावकारी रूपमा सुरु भएको छैन ।
बाढीका कारण ठुलो भौतिक र आर्थिक क्षति पुगेको अनुमान गरिएको छ । स्थानीय प्रशासन र प्रदेश सरकारलाई तटबन्ध मर्मत, सडक पुनः सञ्चालन, विद्युत् सेवा सुचारु तथा राहत वितरणका लागि तत्काल कदम चाल्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण