दलित परिवारको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित तीन जना पक्राउ
सारांश
- सिरहामा दलित परिवारको घर तोडफोड र लुटपाट आरोपमा वडा अध्यक्षसहित ३ जना पक्राउ परेका छन्।
- पीडित परिवारका अनुसार २०-२५ जनाको समूहले घरमा तोडफोड र लुटपाट गरेको थियो, जसमा १३ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
- घटनाको सुरुवात विश्वकर्मा पूजाको दिन भएको विवादबाट भएको र थप संलग्नहरूको खोजी भइरहेको छ।
सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–८, अरङ गाउँमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाटको आरोपमा वडा अध्यक्ष रामकिशोर यादवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पीडित दलित परिवारले दिएको उजुरीका आधारमा वडा अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको हो । पीडितले दिएको जाहेरीमा १३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि आपराधिक उपद्रव अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म तीन जनालाई पक्राउ गरिएको र बाँकी अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर ठुलो पोखरीको उत्तरपट्टी बसोबास गर्दै आएका दलित समुदायका पाँच परिवारमाथि योजनाबद्धरूपमा हमला गरिएको थियो । शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरमा तोडफोड र लुटपाट गरिएको हो ।
पीडित परिवारका अनुसार २०–२५ जनाको समूह आएर घरमा तोडफोड र लुटपाट गरेको थियो । प्रहरीकै सामु घटना भए पनि घर तोडफोड र लुटपाट गर्ने समूहलाई नियन्त्रणमा नलिएको पीडित परिवारले जनाएका छन् ।
घटनाको सुरुवात असोज १ गतेको विश्वकर्मा पूजाका दिन भएको विवादबाट सुरु भएको बताइन्छ । अरङ बजारमा आयोजित आर्केस्ट्रा कार्यक्रममा दलित समुदाय र प्रभाष सिंह समूहबिच विवाद भएको थियो । सो विवादकै प्रतिशोधस्वरूप यो हमला गरिएको पीडित र स्थानीयले आरोप लगाएका छन् ।
एसपी शर्माले भने, ‘अनुसन्धान जारी छ । थप संलग्न व्यक्तिहरू फेला परेमा कानुनी कारबाही अघि बढाइनेछ । सामाजिक सद्भावमा खलल पु¥याउने यस्ता आपराधिक गतिविधि सह्य हुँदैन ।’
पीडित अशोक पासवान आफ्नो घर नष्ट गरिएको र लत्ताकपडा समेत नरहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण