अपडेट
मकवानपुरको झुरझुरेमा ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते
मङ्गलबार, २१ असोज २०८२, ०८ : २९
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो ।
ठक्करबाट ईभीमा सवार १३ जना र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण