सेन्सर विवादपछि ओस्कारमा छानिएको ‘सन्तोष’ बल्ल भारतमा रिलिज हुँदै
सारांश
- हिन्दी फिल्म 'सन्तोष' अब डिजिटल प्लेटफर्ममा अक्टोबर १७ मा रिलिज हुने भएको छ, जसले सेन्सरसिपको लडाइँ झेलेको थियो।
- सन्ध्या सूरीको निर्देशन रहेको फिल्म 'सन्तोष' एक युवा विधवाको कथा हो, जसले प्रहरी जागिर पाउँछिन् र दलित किशोरीको बलात्कारको अनुसन्धान गर्छिन्।
- जातीय विभेदमा आधारित अपराध र प्रहरीको कामलाई संवेदनशील रूपमा प्रस्तुत गरेको भन्दै फिल्मले प्रशंसा पाएको थियो, तर सेन्सर बोर्डले धेरै दृश्य हटाउन माग गरेको थियो।
मुम्बई । ओस्कारका लागि बेलायतबाट आधिकारिक प्रवेश पाएको हिन्दी फिल्म ‘सन्तोष’ अन्ततः भारतमा रिलिज हुने भएको छ। करिब एक वर्षसम्म सेन्सरसिपको लडाइँ र अघोषित ‘प्रतिबन्ध’ झेलेपछि यो फिल्म अब डिजिटल प्लेटफर्म लायन्सगेट प्ले मार्फत अक्टोबर १७ मा रिलिज हुने भएको हो।
सन् २०२४ को कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म भारतमा हलमा रिलिज हुन सकेको थिएन। सन्ध्या सूरीले निर्देशन गरेको र शहाना गोस्वामी तथा सुनिता राजवारको मुख्य अभिनय रहेको ‘सन्तोष’ एक युवा विधवाको कथा हो, जसले आफ्नो स्वर्गीय पतिको प्रहरी जागिर विरासतमा पाउँछिन्। तर, दलित किशोरीको बलात्कार र हत्याको अनुसन्धानमा खटिएपछि उनको भूमिका एउटा कडा चुनौतीमा बदलिन्छ।
जातीय विभेदमा आधारित अपराध र भारतमा प्रहरीको कामलाई संवेदनशील रूपमा प्रस्तुत गरेको भन्दै फिल्मले विश्वभर प्रशंसा पाएको छ। फिल्मकी एक अभिनेत्रीले यो कथालाई ‘हामीले सिर्जना गरेको संसारको ऐना’ भन्दै निकै अर्थपूर्ण र मार्मिक बताएकी छिन्। उनले विशेष गरी सुनिता राजवारको अभिनयको प्रशंसा गरेकी छिन्।
केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डले धेरै दृश्यहरू हटाउन माग गरेपछि यसको रिलिज रोकिएको थियो। अभिनेत्री सुनिता राजवारले फिल्मलाई ‘प्रतिबन्धित’ गरिएको बताउँदै ‘सेन्सर बोर्डले धेरै सम्पादन गर्न लगाएकोले त्यो सम्भव नभएको’ बताएकी थिइन्।
हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण