बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको भ्रमणमा क्यानडाका प्रधानमन्त्री, कार्नीसँग ट्रम्पको मजाक

बुधबार, २२ असोज २०८२, १० : १८
बुधबार, २२ असोज २०८२

सारांश

  • क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भयो।
  • भेटमा ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने मजाक गरे, जसमा कार्नी मुस्कुराए।
  • वार्तामा व्यापार, गाजा संकट, र दुई देशबीचका मतभेद समाधानबारे छलफल भयो।

वासिङ्टन डीसी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी यतिबेला अमेरिकाको भ्रमणमा छन् । यस क्रममा उनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटे । भेटघाटको क्रममा दुई नेताहरू बिच केही हल्का रमाइलो भयो । 

ट्रम्पले यसअघि बारम्बार क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने अभिव्यक्ति दिइसकेका थिए । यस भेटमा पनि मजाक मजाकमा क्यानडा सम्भवतः संयुक्त राज्य अमेरिकाको ५१ औँ राज्य बन्न सक्छ भनेर कार्नीसँग भने । यो कुरामा कार्नी पनि हल्का मुस्कुराएका थिए । 

अमेरिका र क्यानडा बिच केही मतभेदहरू भए पनि आफूहरूले यसलाई सुल्झाउने भेटघाटको क्रममा ट्रम्पले भने । ‘म निकै रचनात्मक छुँ, तर उनी तौलिएर बोल्छन्,’ कार्नीको शान्त र तौली तौली बोल्ने शैलीको प्रशंसा गर्दै ट्रम्पले भने ।

वार्तामा व्यापार र गाजाको मुद्दामा चर्चा

दुई देशहरू बिचको व्यापार जस्ता मुद्दाहरू, साथै गाजा संकटबारे चर्चा हुने ट्रम्पले बताए । ‘हामी हाल धेरै पुरानो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका छौं । गाजाभन्दा बाहिर, मध्य पूर्वमा शान्तिको सम्भावना छ ।’ उनले भने । आफ्नो शान्ति प्रस्तावलाई विश्वभरका देशहरूबाट समर्थन प्राप्त भएको दाबी पनि ट्रम्पले गरे । यसको विरोध गर्ने कुनै पनि देश नभएको उनको भनाइ थियो । यस क्रममा ट्रम्पले अमेरिका र क्यानडाबिच केही महत्त्वपूर्ण सम्झौताहरू हुन सक्ने संकेत पनि गरे ।

भेटघाटका क्रममा दुई नेताबिच हसीमजाक र राम्रो सम्बन्धको झलक देखिए पनि केही विषयमा तनाव स्पष्ट देखिएको थियो । अमेरिकाले यसतबेला इजरायललाई समर्थन गरिरहेको छ । क्यानडाले सेप्टेम्बर २१ मा प्यालेस्टाइनलाई राज्यको रूपमा आधिकारिक मान्यता दिएको थियो । मे महिनामा दुई नेताहरूबिचको अघिल्लो भेटमा ट्रम्पले फेरि क्यानडा किन्ने वा गाभ्ने कुरा गरेका थिए । यसको जवाफमा कार्नीले स्पष्ट रूपमा क्यानडा कहिल्यै बिक्रीको लागि नभएको भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप