सुन तोलामा २ हजार ६०० ले महँगियो
सारांश
- आज सुनको मूल्य बढेर हालसम्मकै उच्च २ लाख ३८ हजार रुपैयाँ प्रति तोला पुगेको छ।
- मंगलबारको तुलनामा सुन तोलामा २ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ।
- चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ, प्रति तोला ५ रुपैयाँले घटेको छ।
काठमाडौं । सुनको मूल्यमा आज वृद्धि भएको छ भने चाँदीको मूल्य भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो । १० ग्रामको मूल्य पनि मंगलबारको २ लाख १ हजार ८२० रुपैयाँबाट बढेर आज २ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी मंगलबार तोलाको २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९५५ रुपैयाँमा पुगेको छ, अर्थात् तोलामा ५ रुपैयाँले सस्तो भएको हो । १० ग्राम चाँदीको मूल्य पनि २ हजार ५३८ रुपैयाँबाट घटेर २ हजार ५३३.५० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव र सुनप्रतिको माग बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य फेरि उकालो लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण