सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले दलहरूलाई बोलायो

बुधबार, २२ असोज २०८२, १४ : ५५
बुधबार, २२ असोज २०८२

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ । फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार आयोगले यसअघिका निर्वाचनमा वडा सदस्यसम्म निर्वाचित दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ । 

आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।  आयोगले दलहरूसँग छलफल नै नगरी कार्यतालिका सार्वजनिक गरेको भन्दै प्रमुख दलले असन्तुष्टि जनाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप