१३ बुँदे सुझावसहित सीके राउतमाथि बीपी साहले लगाए परिवारवादको आरोप
सारांश
- जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले पार्टी सुधारका लागि १३ बुँदे सुझाव दिएका छन्।
- उनले पार्टीमा देखिएका कमजोरी, असन्तुलन र पारिवारिक प्रभावविरुद्ध आवाज उठाएका छन्।
- सचिव साहले पार्टीको निर्णय प्रक्रिया, संगठन संरचना, आर्थिक पारदर्शिता र नेतृत्व शैलीमा परिवर्तनको माग गरेका छन्।
काठमाडौँ । जनमत पार्टीको कारबाहीमा परेका केन्द्रीय सचिव बीपी साहले पार्टीलाई सुधारका लागि १३ बुँदे सुझाव पत्र बुझाएका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सम्बोधन गर्दै उनले बुधबार सो सुझाव पत्र बुझाएका हुन् । पार्टीमा देखिएका गम्भीर कमजोरी, असन्तुलन र पारिवारिक प्रभावविरुद्ध आवाज उठाउँदै सचिव साहले पार्टीमा व्यापक सुधारको आवश्यकता देखिएको उल्लेख गरेका छन् ।
सचिव साहका अनुसार यो सुझाव कसैको आलोचना नभई आत्मालोचनासहित पार्टी सुदृढीकरणको पवित्र उद्देश्यका लागि मात्र हो । पार्टीभित्रको निर्णय प्रक्रिया, संगठन संरचना, आर्थिक पारदर्शिता र नेतृत्व शैलीमा आमूल परिवर्तनको उनले माग गरेका छन् । पार्टीमा लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको, टीकेप्रथा मौलाउँदै गएको र संगठन व्यक्तिगत तथा पारिवारिक प्रभावमा सीमित भएको उल्लेख गर्दै तत्काल सुधारका कदम चाल्न उनले नेतृत्वलाई आह्वान गरेका छन् ।
उनका अनुसार हालका करिब ३५० जना केन्द्रीय सदस्यलाई केवल ‘डमी सदस्य’का रूपमा सीमित राखिएको छ, जसले पार्टीभित्र जनताको आवाज प्रतिबिम्बित गर्न सक्दैन । उनले ती सदस्यहरूलाई निर्वाचन आयोगमा विधिवत् सूचीकृत गरी सक्रिय भूमिकामा ल्याउनुपर्ने बताएका छन् । त्यस्तै, स्थायी कमिटीमा आजीवन सदस्यता र पारिवारिक नियन्त्रणको अन्त्य गरी महाधिवेशनमार्फत लोकतान्त्रिक ढंगले नयाँ स्थायी कमिटी गठन गर्नुपर्ने उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण