दुई महिनामा साढे ६ करोड भन्सार छलीका समान बरामद
सारांश
- सशस्त्र प्रहरीले दुई महिनामा ६ करोड ६८ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
- प्रहरीले वीरगञ्ज भन्सारमा ४ करोड ३३ लाख र राजस्व अनुसन्धान कार्यालयमा २ करोड ३५ लाखको सामान बुझाएको छ।
- सशस्त्र प्रहरी उपरीक्षकका अनुसार सीमा क्षेत्रमा कडाइ गरेपछि भन्सार छलीका घटनामा कमी आएको छ।
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
जबकी सशस्त्र प्रहरीले आव २०८१÷८२ को साउन र भदौ महिनामा भने भन्सार छली गरेका रु सात करोड १० लाख २१ हजार आठ सय ६१ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको थियो ।
त्यस्तै गत आवको दुई महिनामा रु एक करोड ९२ लाख ५३ हजार छ सय ८७ मूल्य पर्ने बिलविजकभन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजकभन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको बताए ।
‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेसँगै वीरगञ्ज भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ,’ उनले भने, ‘भन्सार छलीका सामान धेरै भित्रिदा भने राजस्व सङ्कलनमा कमी हुने गर्दछ ।’
गणपति भट्टले पर्साको सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध चोरी पैठारी र निकासी नियन्त्रणका लागि आवश्यक काम गर्दै आइरहेको बताए । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण