नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि
शुक्रबार, २४ असोज २०८२, ०६ : ३१
सारांश
- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
- हिजोको बैठकमा नेताहरूले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताएका थिए।
- बैठकले असोज २६ गतेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।
यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको जानकारी दिएका थिए ।
बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण