राष्ट्रपतिले राजनीतिक दल र सरकारसँग निर्वाचनबारे छलफल गर्ने
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गर्ने भएका छन्।
- राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ।
- प्रधानमन्त्रीको अनुरोधपछि राष्ट्रपतिले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवाद गर्ने भएका हुन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरू र सरकारसँग निर्वाचनबारे छलफल गर्ने भएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन् ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि दलहरूसँग छलफल गर्ने निष्कर्षमा राष्ट्रपति पौडेल पुगेका उनी निकट स्रोतले जानकारी दियो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँग पनि निर्वाचनबारे चासो राख्दै त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्न भनेका थिए ।
त्यसपछि प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेपछि पौडेलले आजका लागि बैठक बोलाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण