जेनजी आन्दोलन परिवर्तनको सकारात्मक सङ्केत : अन्सारी
सारांश
- मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
- उनले राज्य, नागरिक समाज र नयाँ पुस्ताबिचको सहकार्यबिना सार्थक परिवर्तन असम्भव रहेको बताइन्।
- कार्यक्रममा वक्ताहरूले मुस्लिमलगायत वञ्चित वर्गका युवाहरूको नेतृत्व सुनिश्चित नभएसम्म आन्दोलन अधुरो रहने धारणा राखे।
नेपालगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन्। नेपालगञ्जमा नेप्लीज मेटर्सद्वारा आयोजित 'समाजको आवश्यकता र दिगो परिवर्तन' विषयक विचार–विमर्श कार्यक्रममा उनले राज्य, नागरिक समाज र नयाँ पुस्ताबिचको सहकार्यबिना सार्थक परिवर्तन असम्भव रहेको बताइन्।
अन्सारीका अनुसार दिगो परिवर्तन केवल नीतिमा सीमित नभई व्यवहारमा देखिनुपर्छ, जसका लागि समान अवसर र लैङ्गिक न्याय अनिवार्य छ। उनले विश्वभर फैलिरहेको जेनजी आन्दोलनलाई परिवर्तनको सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्दै यो पुस्ता निडर रहेको र असमानताविरुद्ध आवाज उठाउन सक्षम बनेको बताइन्। महिला, दलित, आदिवासी, मुस्लिम, मधेसी लगायत सबै समुदायको समान सहभागिता सुनिश्चित नगरी कुनै पनि परिवर्तन दीर्घकालीन हुन नसक्ने उनको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता गर्दै नेप्लीज मेटर्सका संरक्षक हाजी अब्दुल रहमान मियाँले मानवताको आधारमा एकअर्कासँग जोडिन र मुस्लिम युवाहरूलाई देश निर्माणमा सशक्त रूपमा सहभागी हुन आह्वान गरे।
वक्ताहरूले जेनजी आन्दोलनले समानताको आवाज उठाए पनि मुस्लिमलगायत वञ्चित वर्गका युवाहरूको नेतृत्व सुनिश्चित नभएसम्म आन्दोलन अधुरो रहने धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण