तिहार लगत्तै राप्रपा इतर पक्षको केन्द्रीय समितिको भेला काठमाडौँमा बस्ने, अवैधानिक निर्णयलाई चुनौती दिइने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को संस्थापन इतर समूहको बैठक सम्पन्न भएको छ ।
आइतबार महामन्त्री डा. धवल शमशेर राणा पक्षको काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बसेको हो । बैठकमा विभिन्न ६ एजेण्डामा छलफल भएको छ ।
तिहार लगत्तै इतर पक्षको देशव्यापी केन्द्रीय समितिको भेला काठमाडौँमा बस्ने तयारी गरिएकाे राप्रपाका एक नेताले बताए ।
उनका अनुसार संस्थापन पक्षले गरेकाे अवैधानिक निर्णयहरूलाई चुनौती दिइने छ ।
बैठकका मुख्य एजेण्डा
१.केन्द्रीय समितिको बैठक आह्वान (गएको माघ देखि बसेको छैन)
२. नियमित महाधिवेशनको मिति घोषणाको लागि संस्थापनलाई दबाब दिने
३. अवैधानिक ढङ्गबाट नेताहरूलाई गरिएको कारबाही फिर्ता
४. जेनजी आन्दोलन पछि पार्टी मुखदर्शकप्रति गम्भीर आपत्ति
६. तिहार लगत्तै इतर पक्षको देशव्यापी केन्द्रीय समितिको भेला काठमाडौँमा राख्ने उक्त केन्द्रीय समितिको बैठकको म्यान्डेट अनुरूप अवैधानिक निर्णयहरूलाई चुनौती दिइने छ ।
बैठकमा काठमाडौँमा उपलब्ध ९६ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोले एक गोल फर्कायो
-
पाकिस्तान क्रिकेट टिममा कप्तानीको कस्तो ‘खेल’ चलिरहेको छ?
-
दुई मिनेटमा इंग्ल्याण्डको दुई गोल
-
प्रहरीको ड्युटीसँगै साङ्गीतिक यात्रा : प्रहरी हबल्दार शेरीराम औजीको ‘ए रुपा’ देउडा गीत भाइरल
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण