वाणिज्य विभागले भन्यो– तिहारमा खपत हुने झिलिमिली बत्तीमा एमआरपी सहितको लेबल लगाएर बिक्री गर्नु
सारांश
- वाणिज्य विभागले तिहार/दीपावली र छठ पर्व लक्षित बजार अनुगमनलाई कडाइ गर्ने भएको छ।
- उपभोक्तालाई ठगीबाट जोगाउन र मूल्य स्थिरता कायम राख्न विभागले जोड दिएको छ।
- एमआरपी नभएका सामान बिक्री गर्नेलाई कारबाही गरिने र गुनासोको लागि टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सकिनेछ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालीहरूको महान् चाड तिहार/दीपावली र छठ पर्वलाई लक्षित गर्दै बजारमा हुने गतिविधिहरूलाई स्वच्छ र पारदर्शी बनाउन अनुगमनमा कडाइ गर्ने भएको छ। विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्नका लागि व्यापारिक सङ्घ, सङ्गठन, व्यवसायी, उपभोक्तावादी सङ्घ र उपभोक्ताहरूको महत्त्वपूर्ण योगदान आवश्यक छ।’
यस्तै नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहार र दीपावलीमा प्रयोग गरिने भाइ मसला, तामा, चाँदीका भाँडा तथा झिलिमिली उज्यालो बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका अन्य विभिन्न वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जनाएको छ।
विभागले सबै उत्पादक र विक्रेताहरूलाई चाडपर्वमा विशेष प्रयोगमा आउने विभिन्न सामान लगायत दैनिक उपभोग्य सबै खाले वस्तुमा एमआरपी सहितको लेबल र खुला (नापेर, जोखेर, गनेर) रूपमा बिक्री वितरण गरिने वस्तुको मूल्य सूची राखेर बिक्री वितरण गर्न अनुरोध गरेको छ।
विभागले आदरणीय उपभोक्ता वर्गलाई समेत खरिद गर्ने वस्तुमा एमआरपी सहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु मात्र खरिद गर्न स्मरण गराएको छ। स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्दै उपभोक्ताको हक संरक्षण गर्न सबैको सहयोगको अपेक्षा गरिएको छ।
उपभोक्ताहरूलाई कुनै गुनासो भएमा यस विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन समेत अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण