मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिँदै, आज कार्यव्यवस्था परामर्श समितिको बैठक
सोमबार, २७ असोज २०८२, १५ : २२
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि(मङ्गलबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
विश्वासको मतको तयारीका लागि सोमबार प्रदेश सभा सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।
प्रदेश सभाको बैठक समय तालिका तय गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभाका सभामुख, दलका नेताहरू र सम्बन्धित अधिकारीहरू सहभागी छन् ।
बैठकले मुख्यमन्त्री सिंहले विश्वासको मत लिने मिति, समय र कार्यसूची टुङ्ग्याउने अपेक्षा गरिएको छ ।राजनीतिक दलहरूबिचको नयाँ समीकरण बनेपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
उनी जनमत पार्टी, नेपाली कांग्रेस,नेकपा एमाले र लोसपाको समर्थनमा सरकार सञ्चालन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण