अपडेट
मधेस प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा
सोमबार, २७ असोज २०८२, १५ : ५२
सारांश
- शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले मधेस प्रदेश सरकारबाट राजीनामा दिएकी छिन्।
- मन्त्री तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा बुझाएकी हुन् र आजैदेखि लागू हुने जानकारी गराइन्।
- मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामा दिएकी हुन्।
जनकपुरधाम । मधेस प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । मन्त्री तिवारी सोमबार आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन् ।
मुख्यमन्त्री सिंहले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन् ।
लोसपा नेपालबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन् । वर्तमान सरकारबाट नेपाली कांग्रेस, नेकपा एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिए पनि लोसपाले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण