मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
मङ्गलबार, २८ असोज २०८२, ०७ : ४५
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् ।
- मुख्यमन्त्री सिंहले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिनेछन् ।
- जनमतले गत ३१ भदौमा मुख्यमन्त्री तथा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।
'नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,'प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ ।
यसअघि जनमतले गत ३१ भदौमा मुख्यमन्त्री तथा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण