मणिपालको नर्स आन्दोलन जिएमसी र क्षेत्रीय अस्पतालमा पनि
सारांश
- मणिपाल शिक्षण अस्पतालका नर्सहरूको आन्दोलन कास्कीका अन्य अस्पतालमा विस्तार भएको छ।
- नर्सहरूले पारिश्रमिक वृद्धिको माग गर्दै अस्पताल प्रशासनसँग अनुरोध गरेका छन् र माग पूरा नभएपछि आन्दोलन सुरु गरेका हुन्।
- नर्सहरूको आन्दोलनका कारण पोखराको स्वास्थ्य सेवा प्रभावित भएको छ, र उनीहरूले सरकारी निर्णय कार्यान्वयनको माग गरेका छन्।
पोखरा । मणिपाल शिक्षण अस्पतालका नर्सहरुले सुरु गरेको उचित पारिश्रमिक प्राप्तिको आन्दोलन कास्कीका अन्य अस्पतालमा पनि विस्तार भएको छ ।
नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका नर्सहरु पनि पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा होमिएका छन् । मणिपालमा पछिल्लो ५ दिनदेखि नर्सहरु आन्दोलित छन् । सोमबार साँझदेखि जिएमसीमा पनि आन्दोलन सुरु भएको नर्सहरुले बताएका छन् ।
पारिश्रमिक बृद्धीको माग गर्दै नर्सहरुले अस्पताल प्रशासनसँग अनुरोध गरेपनि पूर्ण रुपमा माग पूरा गर्न नसकिने जवाफ पाएपछि उनीहरु आन्दोलित बनेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुले पनि सोमबार कालोपट्टी बाँधेर विरोध जनाए । जिएमसीका नर्सहरुले साँझ एक घण्टा प्लेकार्डसहित अस्पतालको प्रयोगशालाअघि नाराबाजी गरे ।
मंगलबार पनि आन्दोलन निरन्तर हुने उनीहरुको भनाइ छ । नर्सहरुले ‘श्रम शोषण बन्द गर, नेपाल सरकार न्याय दे, हामी मेसिन होइनौं, नो नर्स, नो हेल्थ केयर' जस्ता नारा लगाएका थिए । नर्सहरुको आन्दोलनले पोखराको स्वास्थ्य सेवा प्रभावित बनेको छ । मणिपालमा ६ सय भन्दा बढी र जिएमसीमा साढे ३ सय नर्स कार्यरत छन् ।
०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो ।
सोही परिपत्र र निर्णय कार्यान्वयन हुनुपर्ने माग नर्सहरुको छ । पोखरामा भएको नर्सको आन्दोलनलाई अगुवा नर्स र विभिन्न संघ संस्थाहरुले पनि समर्थन जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण