टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
मङ्गलबार, २८ असोज २०८२, १२ : ०५
सारांश
- नेपाली क्रिकेट टोली आईसीसी टी-ट्वान्टी वरीयतामा एक स्थान माथि उक्लिएको छ।
- नेपाल १७ औं स्थानमा उक्लिँदै टी-ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
- सुपर सिक्समा ६ अंक जोडेको नेपालले अर्को खेल जिते विश्वकपमा स्थान बनाउनेछ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको एक स्थान माथि उक्लिएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानबाट एक स्थान माथि उक्लिँदै १७ औँ स्थानमा पुगेको हो । नेपाली टोलीले पछिल्लो समय आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
सुपर सिक्समा पुगेको नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । अब एक खेल जितेमा नेपाल विश्वकप समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक पुग्नेछ ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा भारत रहँदा दोस्रो स्थानमा अस्ट्रेलिया तथा तेस्रो स्थानमा इङ्गल्यान्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण