मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएका छन्।
- मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो।
- राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुखले जानकारी दिए।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।
मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।
मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका थिए ।
प्रदेश सभामा राजीनामा दिँदै उनले बैठकको सम्बोधनमा आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाउनेदेखि स्पष्टीकरण सोधेर गरेको चरित्रहत्या सम्मको चर्चा गरेका छन् ।
सिंहले आफ्नो कार्यकालमा ७१.४८ प्रतिशत खर्च गरेर मधेस प्रदेशको इतिहासमै सबै भन्दा बढी खर्चको रेकर्ड राखेको चर्चा गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको माफियातन्त्रको अन्त गर्न हरसम्भव पहल गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण