अमेरिकामा १४ अर्ब डलर मूल्य बराबरको बिटक्वाइन जफत
सारांश
- अमेरिकी सरकारले १४ अर्ब डलर बराबरको बिटक्वाइन जफत गरेको छ, जुन क्रिप्टोकरेन्सी घोटालासँग सम्बन्धित छ।
- कम्बोडियाको प्रिन्स ग्रुपका संस्थापकलाई क्रिप्टोकरेन्सी घोटाला चलाएको आरोप लगाइएको छ, जसका कारण जफत भएको हो।
- बेलायत र अमेरिकाले चेन झिलाई सम्पत्ति शुद्धीकरण र षडयन्त्रको आरोप लगाएका छन्, र उनको सम्पत्ति रोक्का गरिएको छ।
लन्डन । अमेरिकी सरकारले १४ अर्ब डलर (१४ खर्ब २३ अर्ब ८० करोड नेपाली रुपैयाँ) भन्दा धेरै मूल्य बराबरको बिटक्वाइन जफत गरेको छ । कम्बोडियाको एउटा बिजनेस एम्पायर प्रिन्स ग्रुपका संस्थापकलाई क्रिप्टोकरेन्सी घोटाला चलाएको अभियोग लगाउँदै सो मूल्यका क्रिप्टोकरेन्सी जफ्त गरिएको हो ।
बेलायती तथा कम्बोडियाली नागरिक चेन झिलाई मंगलबार न्यूयोर्कमा षडयन्त्र गरेको अनि सम्पत्ति शुद्धीकरण घोटाला चलाएको अभियोग लगाइएको छ । संयुक्त कारबाहीको हिस्सा अन्तर्गत अमेरिका र बेलायतले चेनको व्यवसायमाथि प्रतिबन्ध लगाएका छन् ।
बेलायत सरकारले उनको नेटवर्कको स्वामित्वमा रहेको सम्पत्ति रोक्का गरेको छ । यसमध्ये १९ वटा सम्पत्ति बेलायतमा थिए । यीमध्ये एउटाको मूल्य झन्डै १० करोड पाउन्ड भएको बताइएको छ ।
यसलाई इतिहासको अहिलेसम्मकै सबैभन्दा ठुलो जफत भनिएको छ । यस क्रममा अमेरिका सरकारले झन्डै १ लाख २७ हजार २७१ वटा बिट्क्वाइन जफत गरेको छ ।
चेनमाथि बहुराष्ट्रिय कम्पनीको आडमा साइबर ठगी घोटाला चलाएको आरोप छ । प्रिन्स ग्रुपको वेबसाइटका अनुसार समूहले घरजग्गा बजार, वित्तीय र उपभोक्ता सेवा आदि क्षेत्रमा व्यवसाय चलाइरहेको छ । तर अमेरिकी न्याय मन्त्रालयले समूहमाथि एसियाको सबैभन्दा ठुलो लेनदेनमा संलग्न अपराधिक सङ्गठन चलाइरहेको आरोप लगाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण