विश्वप्रकाशले गरे देउवाको प्रशंसा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाको जेनजी प्रदर्शनको माग सम्बोधनको भनाइको प्रशंसा गरे।
- शर्माले पार्टीभित्रको मतभेदभन्दा माथि उठेर नयाँ बाटो खोज्नुपर्ने र आगामी यात्राको परीक्षामा लाग्नुपर्ने बताए।
- उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउँदै इतिहासको विश्वसनीयता पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी प्रदर्शनको जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने पार्टी सभापति शेरबहादुर देउवाको भनाइको प्रशंसा गरेका छन्। महामन्त्री शर्माले भौतिक आक्रमणमा परेर पनि देउवाले ‘आवेग बेगर हार्दिक रूपमा’ यी शब्दहरू बोलेको उल्लेख गरेका हुन् ।
उनले फेसबुकमा व्यक्त गरेको भनाइमा पार्टीभित्र व्यक्तिगत वा समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याउनुपर्ने आग्रह गरेका छन्।
कार्यसमितिमा बहुमत हुँदाहुँदै पनि नेतृत्वले कार्यवाहक दिएर ‘आगामी यात्राको परीक्षा’ सुम्पिएको शर्माले बताए । उनले नेतृत्वको कदमलाई ‘समयको स्वरलाई सम्बोधन’ गर्ने कर्म भन्दै हृदयदेखि सम्मान व्यक्त गरेका छन्।
उनले अब पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने र ‘इतिहासमा आर्जित विश्वसनीयता पुनर्पुष्टि गर्ने’ दायित्व संयम र एकतासाथ सम्हाल्ने परिपक्वता देखाउनुपर्ने बताएका छन्।
यस्तो छ शर्माको भनाई :
`GenZ प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ´´, आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले l आग्रह गर्नुभयो- ``व्यक्तिगत या समुहगत मतभेदभन्दा माथी उठेर अबको बाटो पहिल्याइनुपर्छ ´´ ! कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई `आगामी यात्राको परिक्षा´ सुम्पिएर l
समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान l
यो कर्मको मर्म आत्मसात गर्दै अब नयाँ ढंगले जुट्नुछ - `इतिहासमा आर्जित विश्वसनीयता पुनःपुष्टि गर्ने´ दायित्व अब संयम र एकतासाथ सम्हाल्ने परिपक्वता हामीले राख्नुछ l जय नेपाल !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण