अख्तियारले लग्यो अनुसन्धानका लागि फोहर पानी प्रशोधन केन्द्रको कागजात
बुधबार, २९ असोज २०८२, १७ : ५१
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरको फोहोर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ।
- सहरी विकास मन्त्रालय र वीरगन्ज महानगरको संयुक्त लगानीमा बनेको केन्द्रसम्बन्धी उजुरी परेपछि कागजात लगिएको हो।
- वीरगन्जमा २७ करोड रुपैयाँको लागतमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो।
वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।
आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगन्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँग सम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।
आयोगको कार्यालय हेटाैँडा सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए । ‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’ उनले भने ।
वीरगन्ज महानगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण