‘छोरा मुख्यमन्त्री हुन्छ भन्ने कहिल्यै कल्पना गरेको थिइनँ’
सारांश
- जितेन्द्र प्रसाद सोनार 'सोनल' मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
- सोनलका बुबा र आमाले उनको मुख्यमन्त्री बन्ने कुराको कल्पना नगरेको बताए।
- सोनल लामो समयदेखि राजनीतिमा सक्रिय थिए र विभिन्न आन्दोलनमा उनको भूमिका रहेको थियो।
बारा । मधेस प्रदेश सरकारको नेतृत्व जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले सम्हालेका छन् । २०४२ सालदेखि सक्रिय राजनीतिमा लागेका सोनल कुनै दिन मुख्यमन्त्री हुन्छन् भन्ने कल्पना उनका पिता लक्ष्मी साह सोनारले पनि गरेका थिएनन् ।
लक्ष्मीका ६ भाइ छोरामध्ये सोनल जेठा हुन् । उनी बुधबार मुख्यमन्त्रीमा नियुक्त भएपछि ७६ वर्षीय पिता लक्ष्मी खुसी छन् । परवानीपुरस्थित कृषि अनुसन्धान केन्द्रमा ३ दशक सवारी चालक काम गरेका उनी छोराले निरन्तर राजनीतिमा देखाएको सक्रियताको प्रतिफल प्राप्त गरेको बताउँछन् ।
‘म त आफैँ ३०/३२ वर्ष कृषि अनुसन्धान केन्द्रमा मजदुरी गरेर परिवार पालेको मान्छे, छोरा राजनीतिमा लागेर कुनै दिन मुख्यमन्त्री हुन्छ भन्ने मेरो कल्पना पनि थिएन,’ लक्ष्मीले भने, ‘राजनीतिमा लागेकोलाग्यै छ । यो उसको अटुट सेवा हो । अब जे हुन्छ, भगवानको भरोसामा छु ।’

सानैदेखि गजेन्द्रनारायण सिंहको छत्रछायामा सद्भावना पार्टीबाट राजनीति सुरु गरेका सोनलले विद्यार्थी आन्दोलन, २०६२/२०६३ को जनआन्दोलन र मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमा बारा–४ बाट निर्वाचित भएका सोनल २०७४ मा ४ (क) बाट प्रदेश सभामा निर्वाचित भएर मधेस सरकारको भौतिक पूर्वाधारमन्त्री बनेका थिए । २०७९ मा उनी ४ (ख) बाट पुनः निर्वाचित भए ।
बुधबार प्रदेश प्रमुखबाट सोनलले नियुक्तिपत्र पाएसँगै परवानीपुर गाउँपालिका वडा नं ३, लिपनीस्थित उनको निवासमा खुसीयाली छाएको थियो । लगत्तै परिवारका अधिकांश सदस्य खुसीयाली साट्न जनकपुरतर्फ प्रस्थान गरे ।
मुख्यमन्त्री सोनलकी आमा सुदमादेवीका अनुसार १० वर्षको उमेरदेखि नै सोनल राजनीतिक कार्यक्रममा हिँड्थे । सानैदेखि गजेन्द्र नारायण सिंहको पछि लागेर आफ्नो छोरा राजनीतिक कार्यक्रममा हिँड्ने गरेको उनको भनाइ छ ।

‘पढ्न जान्छु भनेर भागेर राजनीतिक कार्यक्रममा जान्थ्यो । हामीलाई थाहा हुन्थेन,’ आमा सुदनादेवीले भनिन्, ‘सानैदेखि संघर्ष गरेको हो । आज मुख्यमन्त्री हुँदा खुसी नहुने कुरै भएन ।’
सोनल लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश संसदीय दलको नेतासमेत हुन् । बुधबार जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण