फिल्म ‘लाली बजार’को छायाङ्कन सुरु
बिहीबार, ३० असोज २०८२, ११ : ५१
सारांश
- बुधबार बर्दियामा फिल्म 'लाली बजार'को छायाङ्कन सुरु भयो।
- स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको फिल्म ३५ दिनको छायाङ्कन सेड्युलमा छ।
- फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो र फागुन १ गतेदेखि प्रदर्शन हुनेछ।
काठमाडौँ । फिल्म ‘लाली बजार’ को छायाङ्कन सुरु भएको छ । बुधवार बर्दियाको राजापुरमा शुभमुहुर्त गर्दै फिल्मले छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक यम थापा रहेका छन् ।
३५ दिनको छायाङ्कन सेडुलसहित सुरु भएको फिल्मको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का छिन् । फिल्मलाई ‘जात्रा’ सिरिजमार्फत स्थापित निर्माण संस्था षट्कोण आर्ट्सले निर्माण गर्न लागेको हो ।
लेखनसहित निर्देशक थापाकै रहेको फिल्ममा रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्री निर्माता र निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
‘यहाँ कथासँगै व्यथा हजार’ ट्याग लाइन राखिएको यो फिल्म आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण