कांग्रेस केन्द्रीय समितिमा विशेष महाधिवेशन माग
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको जानकारी गराएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार बैठक सुरु गर्दै कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन माग भएको विषय जानकारी गराएका हुन् ।
दर्ता भएको हस्ताक्षरको पत्र विधान बमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताए । खड्काले विशेष महाधिवेशनको माग राख्नेहरूको माग पनि मंसिरमै नियमित महाधिवेशन होस् भन्ने चाहना रहेकोमा आफू विश्वस्त रहेको बताए ।
युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशन माग गर्दै बुधबार महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको थियो ।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेर हस्ताक्षर बुझाएमा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने उल्लेख छ । हस्ताक्षर कर्ताहरूले ५१ प्रतिशत हस्ताक्षर बुझाएको दाबी गरेका छन् ।
हस्ताक्षरसहितको पत्रबारे जानकारी गराउँदै कार्यवाहक सभापति खड्काले बैठकमा भनेका थिए, ‘मलाई विश्वास छ विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नु भएकोले यो बैठक टुङ्गिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण