शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न संग्रौलाको माग

शुक्रबार, ३१ असोज २०८२, १४ : ४१
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • डा. डिला संग्रौलाले पार्टीभित्र 'आन्तरिक सुशासन आयोग' गठनको माग गरेकी छिन्।
  • उनले आयोगले पार्टीका जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गरी कारबाही सिफारिस गर्नुपर्ने बताइन्।
  • संग्रौलाले पार्टीलाई आधुनिक बनाउन युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न माग गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा डा.संग्रौलाले आयोगलाई पार्टीका जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै, निश्चित मापदण्डका आधारमा अनुगमन गरी प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्ने अधिकार दिनुपर्ने बताइन् ।

त्यसो गर्न सकेमा पार्टीभित्र स्वच्छ छवि र जबाफदेहिता स्थापित गर्न मद्दत पुर्याउने तथा भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रस्ट प्रतिबद्धता र पूर्ण सहयोग रहनुपर्ने संग्रौलालले बताइन् ।

‘सुशासनको स्थापना हाम्रो राजनीतिक एजेन्डाको केन्द्रबिन्दु हुनुपर्छ । पार्टीको यौवन फर्काउन, हामीले विधानमा संशोधनको ढोका खोल्नै पर्छ,’ संग्रौलाले भनिन्– ‘बैठकले पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गर्नुपर्दछ । युवाहरूको ऊर्जा र दृष्टिकोणलाई पार्टी सञ्चालनमा समावेश नगरी कांग्रेस आधुनिक बन्न सक्दैन ।’

पार्टीलाई आधुनिक, जीवन्त र युवामैत्री बनाउन दृढ सङ्कल्प गर्नुपर्ने बताउँदै संग्रौलाले २००७ सालदेखि अहिलेसम्म मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले मुलुकमा शान्ति, स्थिरता र विकासको बाटोमा डो–याउन नेतृत्व लिनुपर्ने बताइन् । उनले भदौ २४ गते देशभरि कांग्रेस नेतृत्व र कार्यालयहरू नेताहरूका घरमा  कसले आगो लगायो ? छानबिन गरेर दोषी जो कोही पाइए पनि तिनलाई कडा कारबाही गर्नुपर्ने बताइन् ।

प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप