कञ्चनपुर–कमला सडक विस्तारमा ढिलाइ, दुईपटक म्याद थपिए पनि प्रगति ६७ प्रतिशत मात्र
सारांश
- कञ्चनपुर-कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुई पटक म्याद थपिएपछि पनि सुस्त गतिमा अघि बढिरहेको छ।
- चाइना रेलवे कम्पनीले ठेक्का पाएको यो आयोजनाको हालसम्म ६७ प्रतिशत निर्माण प्रगति भएको छ, र डिसेम्बर २०२५ सम्म काम सक्नुपर्ने सम्झौता छ।
- लहान क्षेत्रमा काम सुस्त हुनुको मुख्य कारण संरचना निर्माणमा ढिलाइ र विद्युत् पोल समयमै नहट्नु हो, जसले गर्दा स्थानीय र व्यापारमा असर परेको छ।
सिरहा। गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुईपटक म्याद थपिएपछि पनि सुस्त गतिमा छ। सन् २०२३ अक्टोबर २८ मा सक्ने लक्ष्य राखिएको यो रु १५ अर्ब ६६ करोडको आयोजनाको हालसम्मको निर्माण प्रगति ६७ प्रतिशत मात्र छ।
चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले ठेक्का पाएको यो आयोजनाको हालको सम्झौताअनुसार अब डिसेम्बर २०२५ भित्र काम सक्नुपर्नेछ।
विशेष गरी पश्चिम खण्डअन्तर्गत लहान क्षेत्रमा काम निकै सुस्त छ। योजना पश्चिम खण्डका सूचना अधिकारी सरोजकुमार कोइरालाका अनुसार अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन जस्ता मुख्य संरचना निर्माण नहुनु प्रमुख अवरोध हो।
निर्माणस्थलमा पर्ने विद्युत् प्राधिकरणका पोल समयमै नहटाइँदा पनि ढिलाइ भएको कोइरालाको भनाइ छ। निर्माणमा ढिलाइ हुँदा स्थानीयले वर्षौँदेखि धुलो र हिलोको सास्ती भोगिरहेका छन् भने व्यापारसमेत प्रभावित भएको छ। कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोरेको बताउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण